चोलेन्द्रलाई कल्याणको जवाफ : मेरो विवेक फैसलामा पल्टाएर हेर्नू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

चोलेन्द्रलाई कल्याणको जवाफ : मेरो विवेक फैसलामा पल्टाएर हेर्नू

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो विवेक हेर्न पुराना फैसला पल्टाउन चुनौती दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले केही दिनअघि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका थिए । जबरालाई जवाफ दिँदै उनले भने, ‘कँही कतै मेरो विवेकको विषयमा पनि कुरा गरेको सुनेँ । विवेक कसरी मापन गर्ने मलाइ नै थाहा छैन । मेरो विचारमा मेरो विवेक के हो र कस्तो ठाउँमा प्रयोग भयो भन्ने कुरा मैले गरेको काम र मैले गरेको फैसलाबाट आमजनताले मापन गर्लान् । फैसला पल्टाएर हेर्नु राम्रो हुन्छ ।’

जवराको राजीनामा माग्दै पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्ति आएपछि आक्रोशित जबराले पूर्वप्रधानन्याधीश श्रेष्को नाम नै लिएर विवेक नभएको व्यक्ति भनेका थिए । 
जबराप्रति टिप्पणी गरेका श्रेष्ठले दलहरूप्रतिसमेत असन्तुष्टि जनाए ।  श्रेष्ठले लोकतन्त्र जनताको सुख, समृद्धिका लागि संस्कृति र जीवनशैलीका रूपमा विकास हुनुपर्नेमा यसलाई दलहरूले प्राइभेट कम्पनीजस्तो बनाएको बताए । 

अछामका पुराना समाजसेवी तिलकबहादुर खत्री तिमिल्सिनाद्वारा लिखित ‘नेपालको राजनीतिक सन्दर्भः घटनाक्रमहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीस श्रेष्ठले दलहरूले जनता थर्काउँदै हिँडेको आरोप लगाए । ‘दलहरू बलियाबलिया निस्केका छन्, जनता थर्काउँदै हिँडेका छन्,’ उनले भने, ‘तर, जनता सार्वभौम छन् ।’

उनले दलहरू आफैँ प्रजातन्त्र नभएको बताउँदैं प्रजातन्त्र जनताको सुखभोगका लागि हुनुपर्नेमा जोड दिए । ‘दलहरू विवेकशील, जवाफदेही हुनुपर्छ, सत्यको सार्वभौमिकता ग्रहण गरेर निर्णय गर्नुपर्छ,’ उनले थपे, ‘जनताले संविधानको राम्रो भोग गर्न पाउनुपर्छ ।’ उनले मुलुकमा व्यवस्थापन कता गयो भन्ने चिन्ता सर्वत्र उठिरहेको बताए । 

पुस्तकमा राष्ट्रियता, जनजीविका, शासन प्रणालीका विषयमा गम्भीर सवालहरू उठान भएको बताउँदैं उनले मोफसलको वौद्धिकतालाई राजधानीले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले मोफसलका नागरिकहरू पनि शासन प्रणाली र राष्ट्रप्रति कति संवेदनशील छन् भन्ने कुरा कृतिले देखाएको उल्लेख गरे । 

कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा. सुरेन्द्र केसीले दुनियाँ कसरी बदलिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले हामीले लडेर ल्याएको व्यवस्था लोकतन्त्रले औचित्य सिद्ध गर्न नसकेको भन्दै पञ्चायतकालमा विकास भएका कलकारखाना बेचबिखन हुनु दुखद् भएको बताए । प्रा.डा. केसीले दुर्गम स्थानमा बसेर यति राम्रो सिर्जना छोडेर गएकोमा लेखकलाई सरहानासमेत गरे । 

अर्का विशिष्ट अतिथि पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले पुस्तक आकारमा सानो भए पनि यसभित्र राजनीतिक ब्रह्माण्ड अटेको बताए । नेपालको समकालीन शासनसत्ताको चरित्रमाथि पुस्तक केन्द्रीत रहेको उनले उल्लेख गरे । 

पुस्तकमाथि नेपाल बारका पूर्व महासचिव विजय मिश्र र तिमिल्सिना समाज नेपालका संस्थापक अध्यक्ष शान्ति तिमिल्सिनाले टिप्पणी गरेका थिए । पुस्तकका लेखक तिमिल्सिनाले देश विषम परिस्थितीमा ग्रुजिरहेको बेला नागरिकले शासनशैली र शासनसत्ता सुधारका लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्नुपर्ने बताए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);