चुनावका लागि प्रधानमन्त्री देउवाकाे कालो इतिहास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

चुनावका लागि प्रधानमन्त्री देउवाकाे कालो इतिहास

इमाउन्टेन टिप्पणी,

आफ्नो तर्फबाट दाँया तर्फ बसेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तर्फ फर्कदै प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिज्ञासा राखे “चुनाव कहिले र कति चरणमा गर्न ठीक होला” ?

बैठकमा यसो पल्याक, पुलुक हेर्दे प्रचण्डले जवाफ दिए तयारीका हिसाबमा, “संविधानका हिसावमा खर्च र सुरक्षाका हिसाबमा आगामी मंसिर वा फागुनमा निर्वाचन गर्नु उपयुक्त होला” । उनले थपें ‘त्यो पनि संघको प्रदेशको र स्थानीय निकायको चुनाव एकै चरणमा गर्दा नै राम्रो हुन्छ’ ।

तेस्रो पडितमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ठ्याक्कै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको लय समाउदै उनको प्रस्तावमा सही थपे “चुनाव त आउने मंसिर वा फागुनमा एकैचरणमा गर्नु उपयुक्त हुन्छ” । त्यसपछि अन्य नेताहरुले पनि सोही कुरामा सही थपे ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शनिबार डाकेको बैठकका केही ,दृष्य थिए यी । तर बीचमा कसैले प्रश्न उठायो आगामी मंसिरमा एकै चरणमा चुनाव गर्दा ‘कानूनी जटिलता, संबैधानिक अडचन’ लगायतका बिषयमा के हुन्छ ? । त्यसपछि प्रधानमन्त्री देउवाले सबैलाई आश्वास्त पार्दै भने यस बिषयमा कानूनी बिषयमा पनि वकिलहरुसंग छलफल गराैं , सविधानविद्हरुसंग छलफल गरौं, त्यसपछि बैठक पछि छलफल गर्ने शर्तमा सकियो ।

केही मानिस टिप्पणी गर्छन् शेरबहादुरको हातमा पुगेके निर्वाचन र बगरेको कब्जामा परेको खसी एउटै हो । विगतको इतिहासले भन्छ, देउवाको हातमा चुनावको चावी खुल्नका लागि होइन, बन्द हुनका लागि हो । विगतको इतिहासले देउवाको हातमा सत्ता पुगेपछि त्यसलाई चुनाव गराउ भनेर दवाव दिनु र पर्सेको खसीले बगरे समक्ष जीवन दान पाँउ भन्नु एउटै जस्तो हो, किन कि देउवको विगतको इतिहास पनि सोही अनुसार छ ।

राजालाई सरकार चढाउने देउवाको त्यो तितो इतिहास
तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पहलमा २०५८ मा देउवा प्रधानमन्त्री भए । तर उनको सभापति कोइरालासंग राम्रो सम्बन्ध भएन । उनल कि त सरकार छाड्नु पर्ने भयो । कि संसद विघटन । सरकार छाड्ने देउवाको नेचर थिएन । त्यसैले उनले संसद बिघटन गरेर मध्यावधी निर्वाचनको मिति तोके । राजाले शुरुमा त्यसलाई सदर गरेपनि पछि नेपालको संविधानको धारा १२७ (संकटकालीन ) अधिकार प्रयोग गरेर सत्ता आफ्नो हातमा लिदै तत्कालीन प्रधानमन्त्री देउवालाई बर्खास्ती गरे ।

त्यस पछि ‘जनता–जनआन्दोलन’ पछि एकै चोटी संविधान सभाको निर्वाचन देख्नु पर्यो । बीचमा राजाले चुनाव गराए पनि त्यो जनताको सहभागितामा थिएन । सत्ताको स्वार्थ र अन्तराष्ट्रिय जगतलाई देखाउने एउटा नाटक मात्र थियो । स्थानीय निकायको म्याद थपको प्रस्ताव समेत तत्कालीन देउवा सरकारले अस्विाकार गर्यो । त्यसकारण लामो समय स्थानीय निकाय कर्मचारीको भरमा चल्यो ।

यसैकारणले ०५८ पछि चुनाव हुन दशकौं लाग्यो

अहिले पनि नेपालमा देशलाई निर्वाचित निकायबीहीन बनाउने प्रयास भईरहेको छ । त्यसैको परिणाम स्वरुप बैशाख जेठमा गर्नुपर्ने चुनाव एक बर्ष पछाडि धकेल्ने प्रयास भएकोे छ । देउवाको निर्वाचन सम्बन्धी कालो इतिहासले भन्छ देउवा लोकतान्त्रिक तानाशाह बन्ने प्रयासमा हुन्छन् । त्यसैले आगामी मंसिरमा चुनाव गराउने घोषणा भनेको चुनाव नगराउनका लागि हो गर्नका लागि होइन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);