बालुवाटारको जग्गा प्रकरणमा चारतारे वा लालतारे जो भए पनि छाडिन्न : मन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बालुवाटारको जग्गा प्रकरणमा चारतारे वा लालतारे जो भए पनि छाडिन्न : मन्त्री बाँस्कोटा

gokul

काठमाडौं, १९ बैशाख । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गा प्रकरणमा कसैलाई पनि नछोड्ने बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जग्गा प्रकरणमा कांग्रेस तथा कम्युनिष्टतर्फ संकेत गर्दै जोडिने चारतारे, लालतारे जो भए पनि नछोड्ने बताउनुभयो ।

उहाँले नेकपा महासचिव विष्णु पौडेलका विषयमा सोधिएको प्रश्नमा विष्णु पौडेल, शेरबहादुर देउवा वा सुवरर्ण समेशर जो भएपनि प्रमाण भेटिएपछि कारवाही गर्ने बताउनुभयो ।

बालुवाटारको जग्गा व्यक्तिको नाममा पुगेको विषय बाहिर आएपछि सरकारले छानबिन समिति बनाएर काम गरिरहेको भन्दै केही संचार मन्त्रालयले सरकारको खेदो खनेको बताउनुभयो । उहाँले महासचिव पौडेललाई क्षतिपूर्ति नदिने भन्दै जसले ठग्यो, त्यही गिरोहले क्षतिपूर्ति तिर्ने बताउनुभयो ।

सरकारी सम्पत्ति रक्षा गर्ने सरकारको दायित्व भएको उल्लेख गर्दै यसमा कसैलाई पनि छुट दिन नसक्ने भनाइ सञ्चारमन्त्री बाँस्कोटाले दोर्होयाए । टुँडिखेललगायत देशका विभिन्न ठाउँमा सार्वजनिक जग्गा बेचिएको भन्ने सिलसिला सुरु भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले सरकार यस विषयलाई गम्भीर रुपमा लिइ छानबिन र कारबाही अगाडि बढाउने दाबी गरे।

पूर्खाहरुको योगदानको मूल्य उनका सन्तानलाई आजको समाज र सरकारले तिर्न नसक्ने स्पष्ट पार्दै उनले भने, ’महासचिव भनेर लालपूर्जामा लेख्या छैन होला । सभापति वा पूर्वप्रधानमन्त्री भनेर लेख्या छैन होला । मुलुकको नियम, कानुन, संविधानले व्याख्या, गरेको कुरामा सरकारले ठेगानमा ल्याउँछ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);