अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका कर्मचारी पक्राउ

बाल यौन दुराचारी

काठमाडौं, २३ बैशाख । प्रहरीले अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका १ जना कर्मचारीलाई पक्राउ गरेको छ । महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।

उनलाई आईतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाईटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको प्रहरीवरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनु भयो । यात्रुहरुले ल्याएको अवैध सुन यादवले बुझ्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);