ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुको ठेगाना पत्ता नलागेपछि सार्वजनिक सूचना जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुको ठेगाना पत्ता नलागेपछि सार्वजनिक सूचना जारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सार्वजनिक सूचना जारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मालपोत कार्यालय काठमाडौंले सो प्रकरणमा मुछिएकाहरूको घर-ठेगाना पत्ता नलागेको भन्दै सूचना जारी गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २१ दिने सूचना जारी गर्दै २९९ रोपनी सार्वजनिक जग्गा प्रकरणका आरोपीको घर नखुलेको जनाएको छ । सूचना आइतबारको गोरखापत्रमा छापिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा विभिन्न व्यक्ति-संस्थाको नाममा दर्ता थियो ।

‘मालपोत ऐन २९३४ को दफा २४ को उपदफा २ बमोजिम नेपाल सरकारका नाममा ती जग्गा कायम गर्नुपर्ने भएकोले संस्था र व्यक्तिहरूलाई म्याद-सूचना घरदैलोमा बुझाउन जाँदा घर-ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भनी सम्बन्धित मालपोत कार्यालय तथा तामेल गर्न गएका कर्मचारीबाट फिर्ता प्राप्त भएको हुँदा यो २१ दिने म्याद-सूचना जारी गरिएको छ,’ उक्त सूचनामा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);