जोखिमपूर्ण अवस्थामा रहेका सात बालबालिकाको उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जोखिमपूर्ण अवस्थामा रहेका सात बालबालिकाको उद्दार

ललितपुर, २४ माघ । ललितपुरको भैँसीपाटीस्थित एक चिल्ड्रेन्स होममा जोखिमपूर्ण अवस्थामा रहेका सात बालबालिकाको उद्दार गरिएको छ । पढाउने नाममा बन्धक बनाएर श्रम शोषण गरिएको अवस्थामा ती बालबालिको उद्दार गरिएको हो ।

श्री पुनर्स्थापना पवित्र चिल्ड्रेन्स होममा बन्धक बनाइएका विभिन्न उमेरका बालबालिकाले भागेर प्रहरी सामु पुगेपछि बालबालिकाको उद्दार गरिएको छ भने संचालक समेत पक्राउ परेका छन् ।

बालबालिकालाई शिक्षा प्रदान गर्ने भन्दै सञ्चालन गरिएको ललितपुरको भैंसेपाटीस्थित श्री पुनर्स्थापना पवित्र चिल्ड्रेन्स होमले बालबालिकालाई बन्धक बनाई श्रम शोषण गरिएको कुरा बाहिरिएको छ ।

ललितपुरको भैँसीपाटीमा रहेको चिल्ड्रेन्स होमले ग्रामिण भेगका बालबालिकाहरुलाई उच्च शिक्षाको आश देखाएर काठमाडौँ ल्याएर श्रम शोषण गर्दै आएको खुलेको हो । बिहीबार ७ जना बालबालिकाहरु सो चिल्ड्रेन्स होमबाट भागेर प्रहरी सामु पुग्दा सो कर्तुत बाहिर आएको हो । विगत १० महिना देखि आफुहरु माथि श्रम शोषण भएको र संस्थाकी सञ्चालिक कमला खातिले हातपात समेत गर्ने बालबालिकाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले खबर गरेपछि बालबालिकाहलाई राष्ट्रिय बाल अधिकार परिषद् अन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्रले ती बालबालिकाको उद्धार गरेको हो ।

बालबालिकालाई शोषण गर्दै आएका चिल्ड्रेन्स होम सञ्चालकलाई नियन्त्रणमा लिइसकेको छ । चिल्ड्रेन्स होमबाट उद्धार गरिएका बालबालिकालाई उनीहरुको परिवार सम्पर्कमा नआएसम्म अस्थायी संरक्षण केन्द्रमा राखिने भएको छ ।

गएको सोमबार मात्र संसदको महिला तथा समाजिक समितिले परोपकारका नाममा व्यापार गर्दै आएका संस्थाहरुको पहिचान गरी कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);