आमाबाबुले सिक्रीले वाँधेर बन्धक बनाएका १३ जनाको उद्दार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आमाबाबुले सिक्रीले वाँधेर बन्धक बनाएका १३ जनाको उद्दार

america

एजेन्सी,२ माघ । अमेरिकाको क्यालिफोर्नियामा आमाबाबुले सिक्रीले वाँधेर बन्धक बनाएका १३ जनाको उद्दार, प्रहरीद्वारा सन्तानलाई हत्कडी लगाएर दुर्गन्धित कोठामा थुन्ने दम्पति पक्राउ ।

क्यालिफोर्निया प्रहरीले सार्न बर्नाडिनोमा बालबालिकासहित १३ जनालाई घरको ओछ्यानमा सिक्रीले बाँधेर राखेका ५७ वर्षीय डेविड टर्पिन र ४९ वर्षीया लुविस टर्पिनलाई पक्राउ गरेको हो । टर्पिन दम्पतिले २ देखि २९ वर्षका १३ जनालाई सिक्रीले वाँधेर राखेका थिए । सिक्रीले वाँधिएका सबै टर्पिन दम्पतिका सन्तान हुन् ।

१३ मध्ये ७ जना १८ देखि २९ वर्षको उमेरका रहेको प्रहरीले जनाएको छ । भाग्न सफल एक किशोरीले आपतकालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएपछि प्रहरीले बन्धक बनाइएकाहरुको उद्दार गरी टर्पिन दम्पतीलाई पक्राउ गरेको हो । सिक्रीले वाँधिएकाहरु फोहोर र कुपोषण ग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हातमा हत्कडी लगाएर अँध्यारो र दुर्गन्धित कोठामा ताला लगाएर राखिएको थियो । टर्पिन दम्पतिमाथि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ । टर्पिन दम्पतिले आफ्ना सन्तानलाई वन्धक बनाउनुको कारण भने खुलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);