नाबालक अपहरण गरेर १० लाख फिरौती मागेकोमा प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नाबालक अपहरण गरेर १० लाख फिरौती मागेकोमा प्रक्राउ

बाँके, १२ भदौ । नाबालक अपहरण गरेर १० लाख फिरौती मागेको आरोपमा बाँके प्रहरीले कलिम खाँलाई प्रक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका–५ स्थित रजनवा गाउँबाट कल्लु भनेर चिनिने कलिमले आफ्नै साला पर्ने इसहाक जाकिर भनिने ईन्तजार खाँलाई अपहरण गरेका थिए । १३ वर्षे ईन्तजारलाई अपरहण गरेर कलिमले नेपालगन्ज उप–महानगरपालिका–१६ जयसपुरमा बन्धक बनाएर राखेका थिए । अपहरित बालकका अभिभावकले प्रहरीलाई खबर गरेपछि घटनाको बारेमा अनुसन्धान सुरु गरिएको थियो ।

पीडितका बुबाले जग्गा किन्न भनेर राखेको ४ लाख ८५ हजार रुपैयाँ भएको थाहा पाएपछि कलिमले पैसाका लागि अपहरण गर्ने योजना बनाएका थिए । प्रहरीले अपहरणमा प्रयोग गरेको एक थान मोटरसाइकल र फोन सेट सहित शुक्रबार सार्वजनिक गरेको हो. । कलिमलाई अपहरण र शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने प्रहरीले बताएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);