हेइटीमा अमेरिकी धर्म प्रचारक समूह अपहरणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

हेइटीमा अमेरिकी धर्म प्रचारक समूह अपहरणमा

apaharan

एजेन्सी । अमेरिकाको धर्म प्रचारक समूह र उनीहरुको परिवारलाई हेइटीको राजधानी पोर्ट अउ प्रिन्स नजिकै एउटा सशस्त्र समूहले अपहरण गरेको छ ।  एउटा अनाथलयको भ्रमण सकेर फर्किने क्रममा कम्तिमा १५ जनालाई बसबाट ओरालेर समूहले बन्धक बनाएको हो । अपहरणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन् ।

हेइटीमा विश्वमै सबैभन्दा बढी अपरहण हुने गरेको छ । दण्डहिनताको फाइदा उठाएर ठूला समूहले मानिसलाई अपहरण गरेर फिरौती रकम माग्छन् । जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि प्रतिद्वन्दी समूहमा शक्ति हत्याउने होड चलेको छ । । सुरक्षाको अभावमा अधिकांश नागरिकलाई ज्यान जोगाउनै हम्मे हुने गरेको छ ।

क्रोइस डेस बक्युट सहरबाट गाडिमा चढ्ने वित्तिकै किश्चियन धर्म प्रचारक समूहलाई बन्दूकधारीले नियन्त्रणमा लिएका थिए । हेइटीका न्याय मन्त्री र त्यहाँको प्रहरीले घटनाबारे कुनै टिप्पणी गरेका छैनन्  । आफ्ना नागरिकको अपहरणबारे अमेरिकी सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।

तर, अमेरिकी विदेशमन्त्रालयले देशबाहिर अमेरिकी नागरिकको सुरक्षा अमेरिकाका लागि उच्च प्राथमिकता भएको जनाएको छ । अमेरिकी संस्था क्रिश्चियन एड मिनिस्ट्रिजले हेइटीमा रहेका धार्मिक समूहलाई विशेष प्रार्थना भन्दै श्रब्य सन्देश पठाएको थियो । अपहरणमा परेका व्यक्तिको सहयोगका लागि समूहले हेइटीस्थित दूताबाससँग सहकार्य गरेको जनाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);