तेह्रथुममा श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यृ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तेह्रथुममा श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यृ

hatya

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमानको मृत्यृ भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छिन् । छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरयासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ बर्षीया गोबिन्द लिम्बुको मृत्यृ भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । हात हालाहालमा श्रीमती  ५२ बर्षीया भक्तकुुमारी लिम्बु गम्भीर घाईते भएको सुक्रबारे प्रहरीचौकीका ईन्चार्च गणेश राईले जानकारी दिए । 

घटना स्थलमा पुग्दा दुबैको अवस्था गम्भीर देखिएको र गोबिन्दको उपचारको क्रममा छथर उस्पतालमा मृत्यृ भएको शुक्रबारे प्रहरी टोलीले जनाएको छ।  कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । यसैबीच, मृतकको शवलाई पोसमार्टमको लागी धनकुटा लैजाने तयारी भई रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);