कोदालोले हानेर श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कोदालोले हानेर श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छाका एक व्यक्तिले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।

घाइते भएकी नेपालीको दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको हो ।

अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए । मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);