कोदालोले हानेर काकाको हत्या गर्ने बिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कोदालोले हानेर काकाको हत्या गर्ने बिक पक्राउ

murder
बाग्लुङ,१९ मंसिर । आफ्नै काकाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बडीगाड गाउँपालिका–१० चैते बस्ने आफ्नै काका ४० वर्षीय लालमन बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय हिरालाल बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हिरालालले आइतबार राति सामान्य विवाद हुँदा कोदालोले टाउकोमा प्रहार गर्दा लालमानको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);