गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले आफ्नै काकाको हत्या गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

गणतन्त्र दिवसमा जेलमुक्त भएका रामनाथले आफ्नै काकाको हत्या गरे

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर रिहा भएका एक पुरुष काकाको हत्या आरोपमा फेरि पक्राउ परेका छन् । गत १५ जेठमा गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा ७ वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका पिपरा गाउँपालिका–५ का रामनाथ दास  पुनः कर्तव्य ज्यान मुद्दामा नै पक्राउ परेका हुन् । कोदालो प्रहारबाट आफ्नै काकाको हत्या गरेको आरोपमा शुक्रबार ४५ वर्षीय दासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनका काका रामबहादुर दास  खेतमा गएको बेला कोदालोले कन्चटमा हानेर हत्या गरेको सबुद तथा दसी फेला परेपछि रामनाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनले काका रामबहादुर आँपको रुखमुनि सुतिरहेको अवस्थामा कोदालोको धारिलो भागले शरीरका विभिन्न भागमा प्रहार गरेका चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

उनहरुबीच केही दिन अगाडी झगडा भएको थियो । घरबाट कोदालो बोकेर भतिज रामनाथले काका आँपको रुखमुनि सुतिरहेको थाहा पाएपछी घरबाट नै कोदालो बोकेर गएको प्रहरीको भनाइ छ । उक्त कोदालो  रामनाथ दासको श्रीमतीले पहिचान गरेकी थिइन भने अभियुक्तको घरबाट अन्य प्रमाणसमेत फेला परेको थियो ।

पारम्भिक बयानमा रामनाथले समेत हत्या गरेको स्वीकार गरेका छन । काकाको हत्यापछि नुहाएका रामनाथले हत्याका क्रममा रगत लागेको आफूले लगाएको कपडामा धोएर सुकाएको अवस्थमा प्रहरीले बरामद गरेको छ ।यसअघि पनि  साविक सहोडवा–५ बस्ने राम बिलास दास तत्मा लाई  कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा रामनाथ  ७ वर्ष कैद सजाय भुक्तान गरेर रिहा भएका हुन् । गणतन्त्र दिवस अवसरमा गत १५ जेठमा केन्द्रीय कारागार त्रिपुरेश्वरबाट रिहा भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);