नयाँ दिल्ली पुराईएको बालिकाको उद्दार ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नयाँ दिल्ली पुराईएको बालिकाको उद्दार ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ २८।  धादिङ्गकी १६ बर्षीया बालिकालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले भारतको नयाँदिल्ली स्थित पहाडगञ्जमा बन्धक बनाई राखेको अवस्थामा माघ १९ गते उद्दार गरी काठमाडौं ल्यायो । तान्त्रिक बाबालाई खुसी पार्न सके धेरै पैसा पाउने लोभमा गिरोहले नयाँदिल्ली पु¥याएका थिए । बालिकालाई बली वा यौनजन्य क्रियाकलापमा लगाउन पु¥याइएको ब्यूरोको अनुसन्धानबाट खुलेको छ।

मामा घरमा बस्दै आएकी पीडित बालिका मंसिर १७ गते देखि हराएकी थिइन् । बालिकालाई गिरोहले पुस १८ गते सम्म काठमाडौंमा बन्धक बनाई राखेका थिए । त्यसक्रममा उनीहरुले काठमाडौंमै बालिकाको शरीरमा दाग, टाटु, र राजस्वला भए नभएको, उनको उचाई कम्तीमा ५ फिट ३ ईन्च भन्दा माथि भएको तौल ५० देखि ६० केजी भए नभएको चेक जाँच गरेका थिए । त्यहाँका तीनजना तान्त्रिक बाबाहरुले ६ पटक भेटी यसैगरी चेकजाँच गरेका थिए ।

बालिकालाई माघ २२ गते अर्थात पूर्णीमाको दिनपारी अन्तिम पटक मुख्य तान्त्रिक संग भेट गराउने भनिएको थियो । तर ब्यूरोले उनलाई त्यसभन्दा अगाडि नै उद्दार गरी नेपाल ल्याएको हो । त्यसैगरी प्रहरीले ती बालिकालाई भारत पु¥याउन संलग्न रहेको अरोपमा ५ महिला र १ पुरुष गरी ६ जना लाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्री संग बुझ्दा तान्त्रिक बाबा भनिनेहरु भारतमा नै रहेको बताउँदै पक्राउ परेका सबै नेपाली रहेको र उनीहरु बालिकालाई भारत लैजान संलग्न रहेको बताउनुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);