पार्टीको नाम फेर्ने रणनीतिमा प्रचण्ड ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पार्टीको नाम फेर्ने रणनीतिमा प्रचण्ड ( भिडियो रिपोर्ट )

काठमाडौँ, माघ २८  \ माउन्टेन टेलिभिजन एचडी । माओवादी अध्यक्ष प्रचण्डले रणनीतिक चार्तुयताका साथ प्रधानमन्त्रीमा बाजी मार्नुभएपनि मतका हिसाबले उहाँको दलको शक्ति घटिरहेको छ। डेढ दशक अघि २९ प्रतिशत मत ल्याएको दल अहिले ११ प्रतिशतमा खुम्चिएको छ। पार्टीलाई संगठित र बलियो नबनाए अर्को चुनावसम्म निकै कमजोर भइसक्ने देखेर होला उहाँ नयाँ कदम चाल्दै हुनुहुन्छ। अकस्मात् निर्णय लिने शैलीका प्रचण्डले पार्टी स्थायी कमिटी बैठकबाट नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिन्ह नै फेर्ने  प्रस्तावलाई अनुमोदन गराउनुभएको छ। यसलाई उहाँले माओवादीलाई विस्तार गर्ने रणनीतिक कदमका रुपमा हेरिएको छ।

प्रचण्डले चुनाव अघि नै वामपन्थी र समाजवादीहरुबीच एकताको चर्चा चलाउनुभएको थियो । त्यो त्यतिबेला रोकिएपनि उहाँले चुनावी गठबन्धन गरेर बढ्नुभयो । कम्युनिस्ट सिद्धान्त त्यागेका डा. बाबुराम भट्टराई पनि सामेल हुनुभयो गठबन्धनमा । अब वामपन्थी र गैरवामपन्थीका लागि मान्य हुने गरी दलको नाम राखेर प्रचण्डले आफूलाई शक्तिको केन्द्रमा राख्न खोज्नुभएको छ । समाजवादी नाम सबैलाई मान्य हुनसक्ने भएकाले त्यसबारे बहस चलिरहेको छ। तर, त्यो कति सम्भव छ प्रतिक्षाकै विषय छ । प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी देखि विप्लव समूहलाई पनि समेटेर शक्ति सञ्चय गर्ने प्रयास गरिरहनुभएको छ। त्यसतर्फ केन्द्रित भई भेटवार्ता पनि केन्द्रित गर्नुभएको छ।

उहाँले पाका कम्युनिस्ट नेता वामदेव गौतम देखि उग्र मानिने कम्युनिस्ट नेता विप्लवलाई समेत बोलाएर कुराकानी गरिसक्नुभएको छ । पूर्वमाओवादीलाई एकजुट बनाएर वामपन्थीलाई समेत समेट्ने गरी अगाडि बढ्न खोज्दैहुनुहुन्छ । पुरानै नाम र उद्देश्य बोकेर बढ्दा मध्यमवर्गको साथ नमिलेको समिक्षा माओवादीभित्र भइरहेको थियो। यसलाई दृष्टिगत गरी माओवादीले नाम र पार्टीको सिद्धान्तमै हेरफेरको तयारी गरिरहेको छ । त्यसरी नाम फेर्दा कम्युनिस्ट शब्द रहने कि नरहने, सिद्धान्तमा कम्युनिज्म रहने कि नरहने चासोको विषय बनेको छ । बाबुराम भट्टराई देखि उपेन्द्र यादवलाई समेत समेटेर पार्टी गठन गर्न खोज्नुभएका प्रचण्डले कम्युनिस्ट नाम नै राखेर उहाँहरुलाई समेट्न सक्ने सम्भावना कम भएकाले पनि त्यस्तो चासो बढेको हो। त्यसमाथि प्रचण्ड कुनैपनि बेला यु टर्न भइदिने चरित्रका हुनुहुन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);