परिवर्तनको प्रयासमा नारायणकाजी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

परिवर्तनको प्रयासमा नारायणकाजी ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ २८ । गत पुष ११ गते प्रचण्ड नेतृत्वको सरकार गठन हुदा उपप्रधान सहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा माओवादीका नारायणकाजी श्रेष्ठले सपथ लिनुभयो । उहा मन्त्री भएको डेढ महिना हुन लागीसक्यो। नया जोगीले धेरै खरानी धस्छ भन्ने उखान छ तर मन्त्री श्रेष्ठमा भने त्यो चरितार्थ भएको छैन , तर देशमा पुर्वाधारको क्षेत्रमा गर्नुपर्ने कार्य र अनगिन्ती छन् जसलाई चिर्न मन्त्री श्रेष्ठसामू चुनौतीका चाङ छन् । राजधानी मै कहिले खानेपानी त कहिले विद्यतिय तार, सडकका खाल्डाखुल्डी समस्या नै समस्या । उहाँले विकाशको अनुभुत हुने गरि आशाको संचार गर्न नपाएको अवस्थामा आम नागरिकको पोल्टामानै परिवर्तनको अनुभव गराउने गरि अगाडी बढीरहेको दावी गर्नुभएको छ। श्रेष्ठ कामको प्रभावकारी सम्पादन गर्न नेतृत्व, प्रशासनिक संयन्त्र, विभाग, जनशक्ती सबैलाई जिम्मेवार बनाउने प्रयासमा हुनुहुन्छ।

अहिलेको भद्रगोल अवस्थामा सुधार गर्न हरेक पन्ध्र दिनमा सबै निकायका प्रमुखहरुनै उपस्थित हुने गरि बसेर उच्च स्तरिय छलफल, नियमित अनुगमन गरि प्रभावकारी कार्यन्वयनको चरणमा छलफल अगाडी बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल समेत गठन गरिएको छ।

सबै निकायका प्रमुखहरुसंग विकाश निर्माण र यातायातका क्षेत्रमा भएका तमाम वेथिति हटाउन मन्त्रालयको नेतृत्वमा स्थायी संयन्त्र बनेको छ। मन्त्री नियुक्त भएसंगै उपत्यकामा सडक विभाग अन्तर्गत ८५ प्रतिशत खाल्डा पुर्ने काम भएको मन्त्रालयको दाबी छ। हालका समस्या र प्रभावकारी हुन नसकेको समन्वय थप चुस्त बनाउन प्रधानमन्त्री तहबाटै यसमा पहलकदमी सुरु भएकोमन्त्रालयको भनाइ छ।

त्यसो त मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो विरुस्द्ध शून्य सहनशीलता भन्दै आउनु भएको छ । साथै अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएकोभन्ी श्रेष्ठको भनाइ छ। मन्त्री हुदा खाएका सपथ बिर्सने विगतका उदाहरणहरु पनि टन्नै छन् तसर्थ चुनौतीकाबीच अवसर पनि छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);