अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर : शिक्षा श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर : शिक्षा श्रेष्ठ

काठमाडाैं, १७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गरेका छन् । सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संसदबाट समस्याको समाधान ननिस्किने दावी गरे ।

उनले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्नेमा जोड दिए । उनले भने – ‘यहि सरकारले केही ठेगान छैन आगामी बैशाखमा भनेकोमा जेठमा हुनसक्छ चुनाव, जेठ कट्यो भने मंसिर भन्दा पर जादैन र यो चुनावको अगुवाइ पनि यहि सरकारले गर्छ ढुक्क हुनुस् । के भन्या होला भन्ठान्नु हुन्छ ? पछि छलफल गरौँला ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा नदिने पनि स्पष्ट पारे । सरकार हिजो भन्दा अहिले झनै शक्तिशाली भएको उनको दावी छ । साथै शिक्षा मन्त्री श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याएका छन्।

नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क छ ।

दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषय सँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);