आयोगबाट केही दिनमै हाम्रो पक्षमा फैसला आँउछ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आयोगबाट केही दिनमै हाम्रो पक्षमा फैसला आँउछ : प्रचण्ड

काठमाडौ, १७ फागुन । नेपाल कम्युनिष्ट दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले अव केही दिन मै आफ्नो पक्षमा निर्णय गर्ने दावी गरेका छन् ।

सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंभको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दावी गरेका हुन् । अध्यक्ष दाहालले आफ्नो नेतृत्वको नेकपालाई नै निर्वाचन आयोगले वैधानिकता दिने बताउँदै सूर्य चिन्ह आफैले पाउने समेत दावी गरेका छन् ।

उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्यायका लागि दुई ठूला कम्युनिष्ट पार्टी एकतामा गएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण त्यसमा धक्का लागेको आरोप लगाए । ओलीले पार्टी निर्णय नमानेर समस्या सिर्जना भएको समेत आरोप लगाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);