प्रतिनिधिसभा पुर्नबहाली हुने संभावना बढेको छ : पुष्पकमल दाहाल (प्रचण्ड) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रतिनिधिसभा पुर्नबहाली हुने संभावना बढेको छ : पुष्पकमल दाहाल (प्रचण्ड)

काठमाडाैं, ६ फागुन । नेकपाका दहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधिसभा पुर्नबहाली हुने संभावना बढेको बताउनु भएको छ । बिहिबार बाराको निजगढमा सञ्चारकर्मी तथा कार्यकर्ताहरु संग संक्षिप्त कुराकानी गर्दे दाहालले प्रतिनिधिभसभा पूर्नस्थापित हुने संभावना बढेको बताउनुभयो ।

अध्यक्ष दाहालले अहिले सबैको चासो सर्वाेच्च तिर भएको र नेकपाको आधिकारिकता कुन पक्षले पाउला भन्ने चासो भईरहेका बेला देशभरिको जनमत संसद पुर्नबहालीको पक्षमा रहेको बताउनुभयो । अदालतको सहयोगी (एमिकस क्यूरी) ले समेत संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताई सकेको अवस्थामा पछिल्लो समय वातावरण प्रतिनिधि सभा पुर्नबहााली हुँने तर्फ नैं अघि बढेको दाहालको भनाई छ ।

सर्वोच्च अदालत र निर्वाचन आयोगले अपेक्षा विपरित फैसला भएमा तपाईहरु के गर्नु हुन्छ भनेर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले त्यस्तो नहुँने र निर्वाचन आयोगले पनि आँफुहरुलाई नैं नेकपाको आधिकारिकता दिनमा आफुहरु विश्वस्त रहेको बताएकाछन । अध्यक्ष दाहालले सर्वोच्च अदालत र निर्वाचन आयोगको अपेक्षा विपरित फैसला भएमा देशमा चुनाव भने हुँन नसक्ने पनि बताएका छन् ।

अध्यक्ष दाहालसँग नेकपा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा नेता पूरुषोत्तम पौडेल, पार्टी बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, सचिव सुन्दर विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);