दाहाल–नेपाल पक्षमा प्रतिनिधिसभा पुनःस्थापनाको खुशीयालीः देशभर विजय जुलुस गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

दाहाल–नेपाल पक्षमा प्रतिनिधिसभा पुनःस्थापनाको खुशीयालीः देशभर विजय जुलुस गर्दै

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने भएको छ ।

आज बिहानैदेखि देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै पुनःस्थापनाको खुशीयालीमा विजय जुलुस मनाउन लागिएको हो ।

काठमाडौंमा आयोजना हुने जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल र माधवकुमार नेपाल सहभागी हुनेछन् । मंगलबार दिउँसो चितवन पुगेका दाहाल नेपाल त्यहाँको कार्यक्रम छोट्याएर मध्यान्ह १२ बजे काठमाडौंको शान्तिवाटीमा हुने विजय जुलुसमा सहभागी हुने बताइएको छ ।

आजै संसदीय दलको बैठक

साथै नेकपाको उक्त समूहले आजै संसदीय दलको बैठक डाकेको छ । संसद् पुनस्र्थापना भएपछि पार्टीले संसदीय दलको बैठक डाकेको हो ।

अपराह्न ४ बजे दलको बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।

नेकपा संसदीय दलका अध्यक्ष एवम् प्रधानमन्त्रीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई चिरामा विभाजित बनेको छ ।

यद्यपि निर्वाचन आयोगले आयोगमा यसअघि दर्ता भएको केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भएको नेकपालाई नै आधिकारिक भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);