नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै, प्रधानमन्त्रीले राजीनामा नदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै, प्रधानमन्त्रीले राजीनामा नदिने

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् ।

पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बुधबार बिहान ११ बजेका लागि बोलाएका हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएकोे बताइएको छ ।

बैठकमा समसामियक राजनीतिक परिवेशबारे छलफल हुनेछ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिने प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले बताएका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने भन्दै तत्काल राजीनामा नसदने उनको अभिब्यक्ति छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);