नेकपा स्थायी समितिको पहिलो बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेकपा स्थायी समितिको पहिलो बैठक आज बस्दै

oli-dahal

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको आह्वानमा स्थायी समितिको बैठक बस्न लागेको हो ।

बैठक अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेताहरुले बताएका छन् । बैठकमा अध्यक्षद्वय ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टी एकीकरणपछि भएका संगठनात्मक कामको विवरण पेश गर्नेछन् । बैठकले पार्टी सञ्चालन नियमावलीको मस्यौदा पारित गर्ने नेताहरुले बताएका छन् ।

स्थायी समितिका सदस्यहरुलाई नियमावलीको मस्यौदा यसअघि नै दिइसकिएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली असार ५ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);