ट्रेड युनियन कांग्रेसमा पौडेल पक्षकाे प्यानलै विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

ट्रेड युनियन कांग्रेसमा पौडेल पक्षकाे प्यानलै विजयी

trade-union-congress

काठमाडौं, २ असार । नेपाल ट्रेड युनियन कांग्रेसको नेतृत्वमा नेता रामचन्द्र पौडेलले मैदान उतारेका पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ । निर्वाचनका लागि भएको मतदानमा सभापति शेरबहादुर देउवाको पक्षका कसैले पनि जित हात पारेनन् ।

शनिबार बिहानभएको मतदानमा अध्यक्षमा ८ सय १८ मतसहित रामचन्द्र पौडेल निकट मानिएका पुष्कर आचार्य निर्वाचित भएका छन् । संस्थापन पक्षका खिलनाथ दाहालले ५ सय ३३ मतमात्र पाए । १७ पदाधिकारीसहित ४१ सदस्य निर्वाचनका लागि भएको मतदानमा सभापति शेरबहादुर देउवाको पक्षका कसैले पनि जित हात पारेनन् ।

वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव ७ सय ५८ मतसहित विजयी हुँदा अयोध्याप्रसाद यादवले ५ सय ६७ मतमात्र ल्याए । त्यस्तै, खुला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा र महासचिवमा योगेन्द्रकुमार कुँवर विजयी भएका छन् । मैदानमा युनियनका नेता भिडिरहँदा बाहिर शीर्ष नेताहरु नै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । हारसँगै आफ्नो वर्चश्व कायम राख्न ट्रेड युनियनलाई आफ्नो पक्षमा ल्याउने कसरतमा देउवा पक्ष असफल भएको छ ।

प्यानल जिताउन सभापति देउवाका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खडका, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री प्रकाशरण महत, संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणसहितका नेता निरन्तर खटिएका थिए ।

संस्थापन पक्षबाट पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायतका नेता खटिएका थिए । ट्रेड युनियन कांग्रेसको निर्वाचनमा देशभरबाट १३ सय ७० मतदाता सहभागी थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);