किन टाँसे डाक्टर गोविन्द केसीले मुखमा टेप ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किन टाँसे डाक्टर गोविन्द केसीले मुखमा टेप ?

govinda

काठमाडौं, २ असार । डाक्टर गोविन्द केसीले वर्तमान सरकार र सरकारमा सहभागी मन्त्रीहरुले पञ्चायतकालिन राजा महाराजाको प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार माईतीघर मण्डलामा मुखमा टेप टांसेर विरोध गरेका डाक्टर केसीले सरकारले जनतालाई रैति ठान्ने गरेको आरोप लगाए । नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रिय र स्वइच्छाचारी ढंगले अघि बढेकाले आफुले मुखमा टेप लगाएर विरोध गर्नुपरेको डा केसीले बताए ।

सर्वोच्चले अपराधि ठहर गरेकालाई माफि दिएर सरकारले गणतन्त्रमाथि नै प्रहार गर्ने काम गरेको उनको टिप्पणी थियो । उपत्यकाका ७ स्थान बाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रर्दशनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दिँदै उनी मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताए ।

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरु नै भ्रष्टाचारी भएको उनले आरोप लगाए । प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कारवाही नगरिकनै कम हुने उनको दावी छ ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लगायत ६ बुँदे माग उनले अघि सारेका छन् । आफ्ना माग पुरा नभए केसीले पुन सत्याग्रह सहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);