चितवनका दुई पालिकामा कांग्रेसको चुनाव हुँदै, महानगर सभापतिमा पाँच प्रतिस्पर्धी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चितवनका दुई पालिकामा कांग्रेसको चुनाव हुँदै, महानगर सभापतिमा पाँच प्रतिस्पर्धी

चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सातमध्ये दुई पालिकाको नगर सभापतिका लागि आइतबार निर्वाचन हुँदैछ । पाँच पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ । पाँचमध्ये तीन पालिकामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका र दुई पालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

भरतपुर महानगरपालिका र रत्नननगर नगरपालिकामा आज निर्वाचन भइरहेको छ । महानगर नगर सभापतिका लागि मात्रै पाँचजना प्रतिस्पर्धी छन् । एउटै पदमा धेरै प्रतिस्पर्धी भएको र मतदाता पनि धेरै भएकाले मतदानमा ढिलाइ भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । निर्वाचन तालिकाअनुसार शनिबार नै सबै गाउँ/नगरको निर्वाचन हुनुपर्ने थियो ।

महानगर नगर सभापतिमा चित्रसेन अधिकारी, भरत अधिकारी, अर्जुन रिजाल, बचन कार्की र हिरामणी अधिकारी निर्वाचनमा भिड्दै छन् । मत परिणाम आजै साँझ सार्वजनिक हुने जोशीले बताए । चित्रसेन, भरत र अर्जुन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने बचन र हिरामणि देउवा पक्षका हुन् । चित्रसेन भरतपुर-२१ का वडाध्यक्ष हुन् । बचन कार्की नेविसंघका नेता हुन् । भरत अधिकारी कांग्रेस महानगरका वर्तमान सभापति हुन् ।

नगर उपसभापतिमा किशोर गुरुङ, कृष्णप्रसाद रेग्मी, केदारनाथ बराल, गीताकुमारी शर्मा, देवीप्रसाद लुइँटेल, विजय घले, बुद्धिकान्त न्यौपाने, शारदाकुमारी खरेल र सुरक्षा रेग्मी गरी नाैजनाले उम्मेदवारी दिएका छन् । सचिवमा सात र सहसचिवमा आठजना उम्मेदवार छन् ।

त्यसैगरी, रत्ननगरमा देउवा पक्षका प्रल्हाद सापकोटा र पौडेल पक्षका रुपन पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । दुईजना उपसभापतिका लागि अपिल अधिकारी, कमलनाथ अधिकारी, केदारमान वाइवा र शिवकान्त पौडेलले उम्मेदवारी दिएका छन् । दुई-दुईजना सचिव र सहसचिव पदका लागि चार-चारजनाको उम्मेदवारी परेको छ ।  

पाँच पालिकाको मतपरिणाम सार्वजनिक

कांग्रेस खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, राप्ती नगरपालिकामा देवेन्द्र लामा, कालिका नगरपालिकामा दिपेश्वर केसी, माडी नगरपालिकामा कमलनाथ भुसाल र इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । 

खैरहनी नगर सभापतिमा निर्वाचित श्रेष्ठ देउवा पक्षका हुन् । उनले पौडेल पक्षका शशि खनियाँलाई तीन मतले पराजित गरेका हुन् । खनियाँ वर्तमान नगर सभापतिसमेत हुन् । नगर उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पन्जियार, सचिवमा अनुप अधिकारी र टिकादत्त इटनी र सहसचिवमा राजेन्द्र रिजाल र अमृता उप्रेती निर्वाचित भए ।

राप्ती नगर सभापतिमा निर्वाचित लामा पनि देउवा पक्षका हुन् । उनले ४० मतले आफ्ना प्रतिस्पर्धी नारायण उप्रेतीलाई पराजित गरेका हुन् । नगर कार्यसमितिमा लामाको प्यानलै विजयी भएको छ । उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे, सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल, सहसचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भए ।

कालिका नगर सभापतिमा जिल्ला पार्टी सभापति जीतनारायण श्रेष्ठ निकटका दीपेश्वर केसी निर्वाचित भए । जिल्ला पार्टी सभापति श्रेष्ठ प्रकाशमान सिंह निकटका नेता मानिन्छन् । केसीले अर्का उम्मेदवार लिलाबहादुर गुरुङलाई तीन मतले पराजित गरे । 

माडी नगरसभापतिमा रामचन्द्र पौडेल पक्षका कोमलनाथ भुसाल निर्वाचित भए । उनले खेम महतोलाई तीन मतान्तरले पराजित गरे । नगर उपसभापतिमा गणेश पौडेल र मायानाथ अधिकारी, सहसचिवमा इन्द्रप्रसाद चापागाई र दीक्षा भट्टराई निर्वाचित भए । नगर सचिवमा लोकनाथ लामिछाने र कपिल अधिकारी सर्वसम्मत चयन भए । 

इच्छाकामना गाउँ सभापतिमा जिल्ला पार्टी सभापति निकटका कृतिकुमार श्रेष्ठ निर्वाचित भए । कांग्रेस गाउँ सभापतिमा निर्वाचित श्रेष्ठ गाउँपालिकाका उपाध्यक्षसमेत हुन् । उनले अर्का उम्मेदवार विष्णु कुँवरलाई चार मतले पराजित गरे । गाउँ उपसभापतिमा दीपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र सहसचिवमा उत्तरकुमार गुरुङ र सुधीरबाबु अधिकारी विजयी भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);