कंग्रेस प्रवेश गर्दै कन्हैया कुमार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कंग्रेस प्रवेश गर्दै कन्हैया कुमार

एजेन्सी । भारतका चर्चित युवा राजनीतिज्ञ कन्हैया कुमार देशको पुरानो पार्टी भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई) प्रवेश गर्ने भएका छन् । यही २८ सेप्टेम्बरमा आयोजना हुने एक कार्यक्रममा कुमार कंग्रेस प्रवेश गर्न लागेका हुन् ।

सन् २०१९ को लोकसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका कुमार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नेता गिरिराज सिंहसँग  पराजित भएका थिए । 

भारतका क्रान्तिकारी नेता भगत सिंहको जन्मजयन्तीका अवसरमा उनी कांग्रेस प्रवेशको तयारी गरेका हुन् । कन्यैयास्ाँगै गुज्रातका स्वतन्त्र सांसद जिगनेश मेभानी पनि कंग्रेस प्रवेशको तयारी गरेका छन् । 

जहवारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका पूर्वअध्यक्ष कुमार अन्य नेतासँगै कंग्रेस प्रवेश गर्ने जनाइएको छ । उनको प्रवेशले देशको पुरानो पार्टी कंग्रेसलाई विहारमा जीवन्त दिने विश्वास गरिएको छ । भारतमा आगामी सन् २०२४ मा आम निर्वाचन हुँदैछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);