किसान आन्दोलनप्रति भारतीय कंग्रेसको ऐक्यबद्धता, गान्धी भन्छिन्–गृहराज्यमन्त्रीका छोराले किसानको नरसंहार गरे | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

किसान आन्दोलनप्रति भारतीय कंग्रेसको ऐक्यबद्धता, गान्धी भन्छिन्–गृहराज्यमन्त्रीका छोराले किसानको नरसंहार गरे

एजेन्सी । भारतको प्रमुख विपक्षी कंग्रेस पार्टीकी नेतृ प्रियंका गान्धीले केन्द्रीय गृहराज्यमन्त्रीले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएकी छिन् । प्रियंकाले गृहराज्यमन्त्री अजय मिश्रले राजीनामा नदिएसम्म कंग्रेसले आन्दोलन नरोक्ने बताएकी हुन् ।

‘मोदीको मन्त्रिमन्डलमा यस्ता मन्त्री छन् जसका छोराले गाडी हाँकेर  ६ जना किसानको हत्या गरेका छन् । सरकारले त्यसको जिम्मेवारी लिने कि नलिने ?’ उनले प्रश्न गरिन । 

आईतवार लखिमपुर खिरीमा गृहराज्यमन्त्री अजय मिश्रका छोराले किसानको प्रदर्शनमा गाडी चलाउँदा ६ किसानसहित ८ जनाको मृत्यु भएको थियो । मन्त्रीका छोराले नियतवस किसानको हत्या गरेको प्रदर्शनकारीले बताउँदै आएका छन् । तर, सो घटनामा आफ्नो छोराको संलग्नता नरहेको मन्त्रीले दाबी गर्दै आएका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा भिडियोमा मन्त्री पुत्रले किसानको भीडमा गाडी हाँकेको देखिन्छ । घटनाबारे राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ ।  राज्य प्रहरीले सुरूमा राजनीतिक दलका नेतालाई पीडितका परिवारसँग भेट गर्न रोकेको थियो । भेट्न जाने तयारी गरेपछि सरकारले कंग्रेस नेतृ गान्धीलगायतलाई घन्टौं थुनेको थियो ।

प्रहरी अधिकारीले आफूलाई जान रोकेपछि गान्धीले प्रहरीसँग झगडा गरेको भिडियो समेत भाइरल भएको थियो । उनलाई पक्राउ गरी ७० घन्टासम्म गेस्ट हाउसमा राखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);