राहुल गान्धीले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राहुल गान्धीले दिए राजीनामा

Rahul-Gandhi

काठमाडौं, १९ असार । भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफू कंग्रेस पार्टीको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिने मनस्थिति बनाएका थिए। पार्टीले ढिला नगरीकन चाँडै नै नयाँ नेतृत्वको टुंगो लगाउनुपर्छ। मैले मेरो राजीनामा बुझाइसकेको छु, अब म अध्यक्ष रहिन, लोकसभाबाट बाहिर निस्कँदै राहुलले पत्रकारहरूसँग भने।

गान्धीको राजीनामाले केन्द्रीय कार्यसमितिलाई नयाँ नेतृत्व चयन गर्न दबाब बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। गत मे २५ मा उनले केन्द्रीय समितिलाई पार्टी नेतृत्वबाट अलग्गिने बताएका थिए।

आइतबार पनि काँग्रेस निकट मुख्यमन्त्रीहरूले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए। उनीहरुले महाराष्ट्र, झारखण्डको विधानसभा चुनावका लागि राहुलकै नेतृत्व आवश्यक रहेकाले राजीनामा नदिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनले धेरैको आग्रहलाई अस्वीकार गर्दै पार्टीले चाँडै नै नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);