सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष चयन गर्न केन्द्रीय समितिलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष चयन गर्न केन्द्रीय समितिलाई आग्रह

एजेन्सी, ९ भदौ । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । सोमबारको केन्द्रीय समितिको बैठकमा बोल्दै अन्तरिम अध्यक्ष गान्धीले पूर्णकालिन अध्यक्ष चयन प्रक्रिया छिटो सुरु गर्न आग्रह गर्नुभएको हो । नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु गर्न आग्रह गर्नुभएकी उहाँले आफु अन्तरिम अध्यक्ष भइरहन नचाहेको समेत बताएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बैठकमा पूर्व प्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षा मन्त्री एके अन्टोनीले गान्धीलाई नै निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । उहाँहरूले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गर्नुभएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाउनु भएको छ ।

बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गर्नुभएको थियो । निवर्तमान अध्यक्ष गान्धीले गत आम निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);