नेकपा एकीकृत समाजवादी पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपा एकीकृत समाजवादी पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा पत्र र अन्तरिम विधान तयार पारेको छ ।

काठमाडौंको चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको केन्द्रीय सदस्य र सांसदको बैठकले पाटीले घोषणा पत्र र अन्तरिम विधान तयार पारेको हो । घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ ।

साथै उक्त घोषणा पत्रमा नेपाली समाज आधारभुत रूपमा पुँजीवादी चरित्रको बन्न पुगेको ठहर गर्दै आफूहरुको उद्धेश्य वैज्ञानिक समाजवाद रहेको उल्लेख गरिएको छ ।

साामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुँदै नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने समेत घोषणा पत्रमा बताइएको छ ।

साथै अध्यक्ष नेपालले ६ पेज लामो घोषणा पत्रसँगै ४३ पेज लामो अन्तरिम विधान पनि छलफलका लागि पेश गर्नुभएको छ । बैठकमा ४६ जना केन्द्रीय सदस्य उपस्थित रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);