नेपाल कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टीले ६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

पार्टी एकता घोषणसभामा नवगठित नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका तर्फबाट छ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

छ बुँदे घोषणपत्रमा नवगठित पार्टीको सिद्धान्त मार्कसवाद, लेनिनवाद रहने उल्लेख छ । त्यस्तै पार्टीको तत्कालीन कार्यनीति समाजवाद उन्मुख जनताको जनवाद रहने उल्लेख छ ।

नेकपाको संगठन माक्र्सवाद, लेनिनवादमा आधारित जनवादी केद्रीयता, सामुहिक नेतृत्व र जनउत्तरदायी कार्यकर्ता हुने घोषणा पत्रमा उल्लेख छ ।

चुनावी घोषणापत्रमा उल्लेख गरिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियान पूरा गर्न एकताले बल पुग्ने समेत उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);