एमाले-माओवादी एकताको सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एमाले-माओवादी एकताको सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणासँगै सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएको छ । अधिकांशले नयाँ गठन भएको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई तथा शुभकामना दिएका छन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएसँगै नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ट्वीटरमा प्रचण्डलाई प्रश्न गर्दै लेखेका छन्, नेपाली राजनीतिका अगुवा मदन भण्डारी र जिवराज आश्रितको २५औँ स्मृति दिवसमा हार्दीक श्रद्धासुमन, सोही दिन एमाले र माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ? प्रचण्डले जवजको विरुद्घमा जनयुद्घ गरेकोमा पश्चाताप गर्दै मदनपथ अंगिकार गरेको स्विकारोक्ति हो ?

त्यस्तै ट्वीटरमै प्रदिप भट्टराई लेख्छन्, म कम्युनिष्टमा लागेको हैन, म जन्मे देखि नै कम्युनिष्ट ! घरमा सबै माले, सांस्कृतिक कार्यक्रममा हिडिन्थ्यो । २०४७ देखी एमाले । यो गर्भिलो ईतिहाँस आजदेखि समाप्त भयो ।

किरण नेपाल ट्वीटमा लेख्छन्, ठेकिमा दहि र पानी हालीसकेपछि, न दहिको अस्तित्व हुन्छ, न पानीको । झन मदानी चल्न थालेपछि त छुट्टै बस्तु नौनीको निर्माण हुन्छ । तर बस्तु दुग्ध पदार्थ नै हुने हँदा पानी माथी दहिनै हावी भएको ठहर्छ।

त्यस्तै कांग्रेसका नेता रामहरि खतिवडाले दुबै पार्टीका नेताहरुलाई शुभकामना दिँदै ट्वीटरमा लेख्छन्, एमाले माओबादीको एकता पछि अब मदन र जिवराजको हत्यारा पत्ता लगाउने काम चाँडै होस, ओली र पुष्पकमललाई शुभकामना ।

महादेव भट्टराई लेख्छन्, एमाले र माओवादीबीच पार्टी एकताले शरीरमा नयाँ रक्त संचार भएको छ । अत्यन्त खुसीको खबरले अब देश समृद्धिको बाटोमा लम्किने आशाको मुना पलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);