एमाले-माओवादीबीच औपचारिक रुपमा पार्टी एकताको घोषण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले-माओवादीबीच औपचारिक रुपमा पार्टी एकताको घोषण

Maoist-uml-Unification

काठमाडौं, ३ जेठ । अन्ततः नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएका छन् । पार्टी एकताको घोषणसँगै वाम गठबन्धन बनाएर चुनाव लडेका दुई दलबीच आज औपचारिक एकता भएको हो ।

पार्टी एकताको मिति पटक–पटक सर्दा दुई दलबीच एकता नुहने हो की भन्ने आशंका पैदा भएको थियो । तर, अन्ततः दुई दल औपचारिक रुपमा एक भएका छन् । एकता प्रक्रिया चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तोकेको दिन भन्दा अर्कै दिन चमत्कारिक रुपमा पार्टी एकता हुने दाबी गरेका थिए ।

दाहालले भने अनुसार नै दुई दलबीच चामत्कारीक रुपमा एकता भएको छ । पछिल्लो समय दुई पार्टीबीच एकताको लागि देखिने गरी छलफल भएको थिएन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी नेता तथा मन्त्रीहरुलाई उचित स्थान नदिइएको भन्दै माओवादीले असन्तुष्टि जनाका थिए ।

यसले एकता विथोलीने पो हो की भन्ने कार्यकर्तामा आशंका पैदा भएको थियो । तर, पछिल्लो दुई दिनको अवधिमा एकता प्रक्रिया निष्कर्षमा पुग्यो । बुधवार नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठकले एकताको खाका तय ग-यो ।

बिहिबार विहान बसेको एकता संयोजन समितिको बैठकले दुई अध्यक्षबीचको सहमतिलाई अनुमोदन गर्नुको साथै एकीकृत पार्टीको विधान अनुमोदन ग-यो । त्यसपछि बसेको एमाले केन्द्रीय कमिटि र माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारीत बैठकले पार्टी विघटन गर्ने निर्णय ग-यो ।

त्यससँगै दुबै दलको एकीकृत बैठक पछि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएसँगै एकता प्रक्रिया सुरु भएको ८ महिना पछि पार्टी एकतालाई औपचारिकता दिइयो । पार्टी एकता भएसँगै दुबै दलका कार्यकर्तामा उत्साह छाएको छ ।

एमाले र माओवादीको एकीकरणबाट बनेको पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी बनेको छ । संघीय संसद्को निर्वाचनमा सदर ८५ लाख ४८ हजार मतको ५२ दशमलव ३७५ मत एमाले–माओवादीले पाएका थिए । प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । दुवैको जोड्दा दुई तिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);