एमाले–माओवादी एकता: वैशाख ९ मा एकता हुनेमा आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एमाले–माओवादी एकता: वैशाख ९ मा एकता हुनेमा आशंका

oli prachanda

काठमाडौं, ३ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आउँदो ९ गते पार्टी एकता हुनेमा आशंका बढेको छ। पार्टी एकताका लागि वैचारिक र सैद्धान्तिक विषयमा मोटामोटी सहमति भए पनि सांगठनिक विषयमा सहमति जुट्न नसक्दा एकताको मिति लम्बिने भएको हो।

दुवै पार्टीले औपचारिक मिति सरेको घोषणा नगरे गृहकार्य कम हुने भएकाले केही सातापछि मात्र पार्टी एकता गर्ने तयारी दुवै दलबीच शुरु भएको छ। वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना भएको अवसर पारेर दुवै दलले पार्टी एकताको घोषणा गर्ने घोषणा गरे पनि आन्तरिक तयारीको कारण पार्टी एकता घोषणा प्रक्रिया लम्बिने माओवादी केन्द्रका एक नेताले बताए। ती नेताले भने– ‘पार्टी एकता हतारोमा हुने विषय होइन, यसका लागि समय लाग्छ, पार्टी एकता गरेर पछि किचलो गर्नुभन्दा अहिले नै विवादित विषयमा सहमति जुटाएर नै एकता गर्नुपर्छ।’

पार्टी एकताका लागि पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण दुई पार्टीबीच छलफल हुन सकेको छैन। गत चैत २७ गते एकता संयोजक समितिको बैठक बस्ने पूर्वसहमति भए पनि एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीको कार्यव्यस्थताका कारण सर्दै आएको छ।
सांगठनिक र वैचारिक कार्यदलले दिएको प्रतिवेदनमाथि एकता संयोजक समितिको बैठकमा छलफल नै हुन सकेको छैन। एकताका लागि खाका तयार भए पनि माओवादी केन्द्रले ५०⁄५० को आधारमा एकता हुनुपर्ने अडान लिएको छ। तर, एमालेले भने ५०⁄५० को आधारभन्दा पनि पार्टीको हैसियतको आधारमा एकता हुनुपर्नेमा जोड दिँदै आएको छ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);