कांग्रेसका जिल्ला सभापतिहरुकाे पार्टी कार्यालय सानेपामा धर्ना | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कांग्रेसका जिल्ला सभापतिहरुकाे पार्टी कार्यालय सानेपामा धर्ना

nepali congress offc

काठमाडाैं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन् ।

बिहान ११ बजेबाट १ घण्टा पार्टीको केन्द्रीय कार्यायल सानेपामा जिल्ला पार्टी सभापतिहरुले धर्नामा दिन लागेका हुन् । क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै दर्ना दिन लागेको बताइएको छ । धर्नामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरु सहभागी हुने जनाइएको छ ।

जिल्लाहरुले सिफारिस गरेको भन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको आशंका उनीहरुले गरेका छन् । नेपाली कांग्रेसमा वडादेखि जिल्लासम्म चार तहबाट सिफारिस भएर आएकालाई मात्रै क्रियाशील सदस्यता दिन सकिने वैधानिक व्यवस्था छ ।

यस्तै जिल्ला सभापतिहरूले जिल्ला सभापतिहरुको निर्वाचन प्रक्रियामा एकरूपता ल्याउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);