मिश्रको राजीनामा संगै विवेकशील साझामा मिलन पाण्डेको कारबाही फिर्ता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मिश्रको राजीनामा संगै विवेकशील साझामा मिलन पाण्डेको कारबाही फिर्ता हुने

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाही फिर्ता गरिदिन मिश्रले पार्टी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।

मिश्रले आफ्ना कमजोरी र त्रुटिप्रति क्षमायाचना गर्दै भनेका छन्, ‘दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’ दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका सबैलाई पुनः पार्टीमा फर्किएर सामेल हुनसमेत मिश्रले आग्रह गरेका छन् ।

मिश्रले प्रस्तुत गरेको दस्तावेजलाई लिएर पार्टीमा दुई लाइन संघर्ष देखिएपछि विवेकशील साझामा विवाद भएको थियो । मिश्रले दुई तिहाईले आफ्नो दस्तावेज पारित भएको घोषणा गर्दै विरोध गर्ने संयोजक पाण्डेलगायतका केन्द्रीय सदस्यहरूलाई कारबाही गरेका थिए ।

मिश्रको आग्रह बमोजिम कारबाही फिर्ता भए विवेकशील साझा पार्टीको नेतृत्वमा पाण्डे पुनर्स्थापित हुनसक्ने पार्टीका एक नेताले जानकारी दिए । ‘पार्टीका केही साथीहरूले मिलन पाण्डेजीलाई छलफलका लागि बोलाइरहनुभएको छ’ ती नेताले भने, ‘मिश्रजीले ल्याएको दस्तावेज फिर्ता भएको अवस्थामा पाण्डेजीले पार्टी नेतृत्व गर्न सक्ने सम्भावना छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);