विवेकशील साझाले २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विवेकशील साझाले २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो

काठमाडौं । वेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सचिवालय सदस्यहरू केशव दाहाल, रमेश पौड्याल, पुकार बमलगायत २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएका छन् ।

फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसदसमेत रहेका पौड्यासहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको भन्दै उनीहरूलाई केन्द्रीय समितिभन्दा बाहिरको जिम्मेवारी दिने निर्णय गरिएको मिश्रले जानकारी दिएका छन् ।

त्यस्तै समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्‍याएको पनि मिश्रको निष्कर्ष रहेको छ । विवेशकशील साझा पार्टीबाट वाग्मती प्रदेशमा ३ जना सांसद रहेका छन् । विराजभक्त श्रेष्ठ कतै खुलेका छैनन् भने शोभा शाक्य मिश्र पक्षमा खुलेकी छिन् । गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद उत्कर्षमा पुगेको हो ।

त्यसपछि उनले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरिसकेका छन् । मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयविपरीत गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम लगातार गरेको आरोप लगाउँदै पाण्डेलाई हटाएका हुन् । रवीन्द्र मिश्रले किर्ते गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएको भन्दै पाण्डे पक्षले अदालतमा मुद्दा हालेको छ ।

पाण्डे पक्षमा खुलेका प्रवक्तासमेत रहेका हरिशप्रसाद भट्टले मिश्रले आफूहरूलाई कारबाही गरी आफ्नो पक्षमा बहुमत पुर्‍याएर राप्रपासँग एकीकरण गर्न खोजेको बुझिएको बताए। उनले लेभी नबुझाएको भन्दै आफूहरूलाई कारबाही गरिनु हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय सदस्यबाट ककसलाई निकालियो ?

अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वरप्रसाद पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री कार्की, धर्म मानन्धर, पुकार बम, भरत राज पन्त, भूपदेव शाह, मनिस खनाल, मुना अधिकारी, रमेश पौड्याल, रविना अंगाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट, हरिशप्रसाद भट्ट

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);