विवेकशील साझाको विवाद चुलियो, एकै दिन अध्यक्ष र संयोजकको केन्द्रीय समिति छुट्टाछुट्टै बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

विवेकशील साझाको विवाद चुलियो, एकै दिन अध्यक्ष र संयोजकको केन्द्रीय समिति छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

दुबै तर्फबाट १७ गते बिहीबारको ११ बजेको लागि भर्चुअल मार्फत् केन्द्रीय समितिको ७ औं बैठक आह्वान गरिएको छ ।

मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए । तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् ।

पार्टीका केन्द्रीय संयोजक पाण्डेका अनुसार यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको भएपनि यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले ‘मार्ग परिवर्तन’ गरेका कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी बैठक आह्वान गरेको जानकारी दिए ।

अध्यक्ष रविन्द्र मिश्रले केही समयअघि राजनीतिक दस्तावेज गर्दै संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत गर्नु पर्ने विचार सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी भित्र विवाद चुलिएको थियो । पार्टी भित्रबाटै उनको विचारप्रति आपत्ति जनाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);