किर्ते गरेर आचार्य मुख्यमन्त्री भएका हुन् : राजिव कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

किर्ते गरेर आचार्य मुख्यमन्त्री भएका हुन् : राजिव कोइराला

बिनोद आचार्य,
सुनसरी । केही दिन अघि मात्र प्रदेश १ का मुख्यमन्त्री बनेका भीम आचार्यलाई प्रदेश प्रमुखले किर्ते गरेर मुख्यमन्त्री बनाएको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले आरोप लगाएका छन् ।

प्रदेश १ मा एमालेले आफ्नो पक्षको प्रदेश प्रमुख भएको फाइदा उठाउँदै पार्टी फुटेको अवस्थामा एकल सरकार जस्तो गरी सरकार परिर्वतन गरेको नेता कोइरालाले आरोप लगाएका हुन् ।

सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै कोइरालाले भने, ‘प्रदेश प्रमुखले किर्ते गरेर संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमतको सरकार जस्तै गरी भिम आचार्य नेतृत्वको प्रदेश सरकार बनाएको तर उहाँहरु संग बहुमत छैन ।’

नेता कोइरालाले यस अघिको शेरधन राई नेतृत्वको सरकारले प्रदेशको नामाकरण समेत गर्न नसकेको बजेट कार्यान्वयन गर्न नसकेको आरोप लगाउदै गठवन्धनको सरकार निर्माणमा आफुहरु लाग्ने बताए ।

एमाले पार्टी विभाजन भएकाले एकल सरकार कसैको पनि सम्भव नभएको समेत कांग्रेस नेता कोइरालाले स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);