सूदुरपश्चिममा राजेन्द्र रावल मुख्यमन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

सूदुरपश्चिममा राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

काठमाडौं । सुुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा नेकपा एमालेका नेता राजेन्द्र रावलले दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुखले निर्धारित गरेको समय अघि नै एमाले संसदीय दलका नेता रावलले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्ने भएका हुन् ।

सत्ता गठबन्धनभित्र एमालेको भागमा परेको सुदूरपश्चिममा प्रदेश प्रमुखले दिएको समयभित्रै दाबी पेश गर्दैछ । प्रदेश प्रमुख देवराज जोशीले दलहरुलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ सकिदैंछ ।

५३ सदस्यीय उक्त प्रेदशमा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदको समर्थनमा रावल मुख्यमन्त्री बन्न लागेका हुन् ।

Leave a Reply

ताजा समाचार