प्रदेश १ मा एमालेका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश १ मा एमालेका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि प्रदेश १ मा दिएको समयसीमा आज सकिदैंछ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आज साझ ५ बजेसम्मको समयसीमा दिएका थिए ।

खापुङले एक साता अघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेशसभामा कुनै पनि दलको बहुमत नआएकोले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिनभित्र मुख्यमन्त्री दाबी गर्न प्रमुखले समय दिएका हुन् ।

उक्त प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन् । सो प्रदेशमा ठुलो दल एमाले रहेको हुँदा उसले मुख्यमन्त्री पाउने सम्भावना बढी देखिन्छ ।

एमालेले नेतृत्व पाए हिक्मत कार्की मुख्यमन्त्री हुन पाउनेछन् । कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेस २९, नेकपा एकीकृत समाजवादी ४, एमालेका ४०, माओवादी १३, राप्रपा ६, जसपा एक सांसद निर्वाचित भएका छन् । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद् छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);