कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको छ ।

शुक्रबार प्रदेश प्रमुख खापुङले एक विज्ञप्ति जारी गर्दृ प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतले कांग्रेसका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिलाई बदर गरिदिएपछि खापुङले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु गर्नुभएको हो ।

मुख्यमन्त्री दाबीका लागि साउन १६ गते मंगलबार साँझ ५ बजेसम्मको समय दिइएको छ । नेकपा एमालेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापाको नियुक्ति प्रक्रिया अवैधानिक भन्दै परेको रिटमा पूर्ण इजलासले उक्त प्रक्रियालाई नै बदरको फैसला गरिदिएपछि मुख्यमन्त्री चयनका लागि नयाँ प्रक्रिया सुरु गरिएको हो प्रदेश प्रमुख परशुराम खापुङक तर्फबाट प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट प्रक्रिया सुरुहने उल्लेख छ ।

यसका लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८० साउन १६ गते मंगलबार ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह््वान गरिएको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);