कोशी प्रदेशमा कामचलाउ सरकारको विवाद चुलिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कोशी प्रदेशमा कामचलाउ सरकारको विवाद चुलिँदै

काठमाडौं । कोशी प्रदेशमा कामचलाउ सरकारको विवाद चुलिँदै गएको छ ।

सर्वोच्चको आदेशपछि शुक्रबार साँझ एमाले नेता हिक्मतकुमार कार्कीको निवासमा सुरक्षाका लागि आएका नेपाली सेनाको टुकडी शनिबार बिहान फर्किएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कामचलाउ सरकारको मुख्यमन्त्री नतोकेकाले विवाद चुलिएको हो ।

यसले कोशी प्रदेश शुक्रबारदेखि सरकारविहीन अवस्थामा रहेको छ । एमाले नेता कार्कीले शुक्रबार साँझ आफ्नो निवासमा सुरक्षाका लागि आएका नेपाली सेनाको टुकडी शनिबार बिहान विराटनगरको कोशी परियोजनास्थित मुख्यमन्त्री निवासमा गएको जानकारी दिनुभयो । उहाँले सर्वोच्चको फैसलामा स्पष्ट रुपमा जुन विन्दुबाट संविधान डिरेल भयो त्यही विन्दुमा फर्काएपछि आफू कामचलाउ सरकारको मुख्यमन्त्री भएको दाबी गर्नुभयो । आदेश कार्यान्वयन गर्ने ठाउँमा रहेका प्रदेश प्रमुख र नेपाल सरकारले गरेन भने फेरि अदालतको ढोका ढकढक्याउनुको विकल्प नरहने कार्कीको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै खारेज भइसकेका मुख्यमन्त्री उद्धव थापालाई कामचलाउ मुख्यमन्त्रीका रूपमा काम गर्न विभिन्न ठाउँबाट दबाब दिन लगाइरहेको कार्कीको आरोप छ । कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख प्रशुराम खापुङले गरेको निर्णय सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार बदर गरिदिएपछि प्रदेश सरकारविहीन अवस्थामा पुगेको हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय शुक्रबार गरे पनि कामचलाउ सरकारको विषयमा मौन देखिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मुख्यमन्त्रीको नाम उद्धव थापा नै उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);