मधेशकाे मुख्यमन्त्रीमा एमालेका शराेज यादव नियुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

मधेशकाे मुख्यमन्त्रीमा एमालेका शराेज यादव नियुक्त

काठमाडाैं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले सांसद शरोजकुमार यादव नियुक्त भएका छन् । सोमवार बिहानै मधेसमा नेकपा एमालेका सांसद यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

बिहान चार बजे कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई आफू बिरामी परेको र श्वास र्फेन गार्हो भइरहेको भन्दै काठमाडौंको लागि हिँड्नु भएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सीमाना जंगलमा रहेको पानस कटेजमा एमाले दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री चयन गर्नुभएको हो ।

प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको बताइएको छ । एमाले बाहेकका सात दलले शनिबार मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पछि धारा १ सय ६८ को २ अनुसार नै नयाँ सरकार बन्नुपर्ने भन्दै माग र प्रदर्शन गरिरहेका थिए ।

सोनलले विश्वासको मत सामना गर्नुपूर्व नै राजीनामा दिएकाले १ सय ६८ को ३ सक्रिय नहुने अन्य दलहरुको दाबी थियो । एमालेको यस नयाँ गेममा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राप्रपाको पनि साथ छ ।

समाजवादी पार्टीबाट विमला अन्सारी, राप्रपाबाट कञ्चन विच्छा र एमालेबाट लखन दास विना विभागीय मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख भण्डारी एमाले कोटाबाट प्रदेश प्रमुख बन्नुभएको हो । बिहान चार बजे कामचलाउ मुख्यमन्त्री सोनललाई बोलाएर आफू दमको विरामी रहेको र श्वासप्रश्वासमा कठिनाइ भइरहेको बताउँदै प्रदेश प्रमुख बाहिरिनुभएको थियो ।

Leave a Reply