नेविसंघभित्रको विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेविसंघभित्रको विवाद उत्कर्षमा

nebisangh

कविता कार्की
काठमाडौं, १९ बैशाख
। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष नैनसिंह महरमाथि मनोमानी ढंगले काम गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले छुट्टै केन्द्रीय समिति बैठक बोलाएपछि संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

पार्टीभित्र पदाधिकारी मनोनयनको विवादले निर्वाचित केन्द्रीय समितिको बैठक स्थगित गरेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद पनि उत्कर्षमा पुगेको छ । अध्यक्ष नैनसिंह महरले मनोमानी गरेको भन्दै महामन्त्री कुन्दन काफ्ले पक्षले बिहिबारका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

नेता कृष्ण सिटौला निकट काफ्ले पक्षले अध्यक्ष महरमाथि विधानविपरित निर्णय, नियुक्ति र मनोनयन गरेको तथा संघमा विधिहिनताको अवस्था उत्पन्न गरेको आरोप लगाएका छन् । अध्यक्ष महराले मनोमानी ढंगले काम गरेर क्याम्पसहरुमा संगठनका सदस्यहरुबीच द्वन्द्वको अवस्था सिर्जना गरेकाले संगठनको साख जोगाउन छुट्टै भेला बोलाउन बाध्य भएको महामन्त्री काफ्लेको भनाइ छ ।

अध्यक्ष महर पक्षधरहरुभने नेविसंघ विधान अनुसार नै चलिरहेको दाबी गर्छन । महामन्त्रीले छुट्टै भेला आह्वान गरे पनि अध्यक्ष महरले पनि बैशाख २८ र २९ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । संगठन भित्र विविध मत हुने भए पनि छलफलबाट निकास निकाल्न सकिने संस्थापन पक्षको भनाइ छ

संस्थापन पक्षले भने काफ्ले समुहले राजनीतिक प्रोपोगाण्डाका लागि अनाधिकृत रुपमा बैठक आह्वान गरेको आरोप लगाएको छ । नेविसंघमा एक वर्षभन्दा लामो समयदेखि केन्द्रीय कार्य समितिको बैठक बस्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);