यातायात क्षेत्रको समस्या समाधान गर्न व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

यातायात क्षेत्रको समस्या समाधान गर्न व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण

yatayat

काठमाडौं, १९ बैशाख । यातायात व्यवसायीहरुले वार्ता र छलफलबाट यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र गणतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरि वार्तामार्फत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लामो समयदेखि सेवा सञ्चालन गर्दै आएका व्यवसायीमाथि सिन्डिकेटको नाममा सरकारले प्रहार गर्ने काम गरेको भन्दै उनीहरुले सरोकारवाला निकायसँगको छलफल र वार्ताबाट निकास निकाल्न आग्रह गरेका छन् । व्यवसायीले राजश्वको प्रक्रियामा समावेश हुन आफुहरु तयार रहेको बताएका छन् । तर, यातायात व्यवसायी संघ, संस्थाहरुलाई नविकरण नगर्ने सरकारी निर्णयले व्यवसायीलाई तहसनहस पार्ने काम गरेको उनीहरुको आरोप छ ।

गणतान्त्रिक यातायत व्यवसायी संगठनका संयोजक दधिराम खरेलले दुई पक्षीय विवाद भन्दा सहकार्य र समन्वयमार्फत समस्या समाधानतर्फ अघि बढ्नुपर्ने बताए ।

व्यवसायीले यातायात प्राधिकरण गठन गरि सोही मातहत व्यवसायीका संघ संस्थालाई राख्न, चैत्र १८ गते यातायात व्यवस्था विभागबाट जारी भएको निर्देशिका खारेजी, रुट कायम, इजाजत लगायतको व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने लगायत १३ बुँदे सुझाव पेश गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);