सडक संघर्षका लागि तयारी अवस्थामा रहन उपेन्द्र यादवको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

सडक संघर्षका लागि तयारी अवस्थामा रहन उपेन्द्र यादवको निर्देशन

Upendra-Yadav

काठमाडौं, १९ वैशाख । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिपक्षमा रही काम गर्ने गरि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार काठमाडौंको हात्तीसारमा आयोजित पार्टीको केन्द्रीय तदर्थ समितिको बैठकलाई सम्बोधन गदै उनले संसदीय संघर्ष र सडक संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

बामगठबन्धनको सरकारले संविधान संशोधनमा स्पष्टताका साथ प्रतिवद्धता सहितको राजनीतिक सहमतिमा हस्ताक्षर भईसकेपछि सरकारमा रहेर पनि सहयोग गर्न सक्छौ भनेर आफुहरुले भनेको स्मरण गर्दे उनले ती विषय सम्बोधन भन्दा पनि कहिले काँही रणनीतिक रुपमा चर्चामा ल्याउने काम मात्रै भएको गुनासो गरे ।

संविधान संशोधनसंगैका आफ्ना मुद्धाहरुको सम्बोधन नै प्राथमिकताको विषय रहेको भन्दै उनले त्यसमा वामगठबन्धनको सरकार सहमत नभए प्रतिपक्षमा रहेर संसदीय संघर्ष र सडक संघर्ष जारी राख्ने यादवको भनाई छ । केन्द्रीय तदर्थ समितिको बैठक भोलि सम्म चल्ने छ ।

ताजा समाचार