सांगठनिक स्थितिलाई अद्यावधिक गर्न माओवादीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सांगठनिक स्थितिलाई अद्यावधिक गर्न माओवादीको निर्देशन

maoist

काठमाडौं, १९ वैशाख । नेकपा माओवादी केन्द्रले सांगठनिक स्थितिको अद्यावधिक तिब्र पार्न मातहतलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधार बसेको सचिवालय बैठकले सचिवालयलाई पुर्णता दिँदै सांगठनिक स्थितिलाई अद्यावधिक गर्न मातहतलाई निर्देशन दिएको हो ।

दुवै पार्टीका नेताले पार्टी एकता छिट्टै हुने बताईरहेका बेला माओवादीले भने संगठनलाई सुदृढ बनाउने पहल थालेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि दुईपक्षीय छलफलमा भएका सहमति र सहमति जुट्न बाँकी विषयबारे जानकारी गराएका थिए ।

उनले पार्टी एकताका लागि राजनीतिक विषय टुंगो लागिसकेकाले संगठनको आकार र विधानमा राखिने विषय माथिको छलफल जारी रहेको जानकारी गराउँदै छिटै पार्टी एकताको टुंगो लाग्ने बताएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रवक्ता भुसालले जनयुद्ध, माओको जनवाद, जबज र २१ अाैँ शताब्दीको जनावादको विषय टुंगोमा पुगिसकेको बताइन् । उनले पार्टी एकता व्यापार नभई सम्मानजनक सहभागीता रहेको बताएकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);