देशका सबै भागमा औषधि पुर्‍याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

देशका सबै भागमा औषधि पुर्‍याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं, २३ जेठ । नवनियुक्त उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशका सबै भूभागमा आवश्यक औषधिको उचित व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले गुणस्तरीय औषधिको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि अनुगमनको काममा तीव्रता दिन पनि मातहतका निकायलाई सचेत गराए ।

बुधबार स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुलाई निर्देशन दिँदै उनले औषधिको परिक्षणका लागि आवश्यक प्रविधिहरुको प्रयोग गर्ने विषयमा पनि आवश्यक तयारी गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।

उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा थपिदै गएको चुनौति सामना गरेर अघि बढ्ने जिम्मेवारी पूरा गर्न सम्बन्धित निकाय सफल हुने विश्वास व्यक्त गरे ।

उनले स्वास्थ्य चुनौति गम्भिर विषय भएको भन्दै त्यसलाई सामना गर्न सधैं तयारी अवस्थामा बस्नुपर्नेतर्फ पनि स्वास्थ्य मन्त्रालयका कर्मचारीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चांैधरीले मन्त्रालयको मुख्य– मुख्य कार्ययोजनाका बारेमा उपप्रधानमन्त्री यादवलाई ब्रिफिङ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);