‘सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

‘सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’

काठमाडौं, २३ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघिय संसद सचिवालयले बुधबार सांसदहरुका लागि सञ्चालन गरेको संसदीय प्रक्रिया सम्बन्धी जानकारीमुलक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सांसदहरुले योजनाको फाईल बोकेर टेबल चाहार्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

योजना पार्ने र बजेट निकासा गराउने काममा दौडधुप गर्नुपर्दा संघीय संसदको बैठकमा सांसदहरुको उपस्थिति प्रभावित भएको भन्दै उनले त्यस किसिमको पद्धतिको अन्त्य हुनुपर्ने बताए ।

उनले आवश्यकता र प्राथमिकताका आधारमा न्ययोचित ढंगले योजना र बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले भने “सिंगो सरकारको ध्यान यतातिर आकर्षित गराउन चाहन्छु । भोलिका दिनहरुमा माननिय ज्यूहरुले फाईल लिएर भर्‍याङ्ग र कोठा कोठा चढ्ने कुराको अन्त्य भयो भन्ने कुरा दियो भने शुसासनको एउटा नमुना हुनेछ । ”

उनले संसदलाई आवश्यक बिजनेश दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । संविधानमा ३ बर्ष भित्र गरिसक्नुपर्ने भनेका विषय जसरी पनि निर्धारित अवधिमा सम्पन्न गर्नुपर्ने भएकाले आवश्यक विधेयकलाई ढिला नगरि संसदमा टेबल गर्नुपर्नेमा उनले जोड दिए ।

संघीय संविधान अनुसारको आवश्यक कानुन अभावका कारण काम गर्न पाएनौ भन्ने प्रदेश र स्थानीय सरकारको गुनासो सुन्न नपर्ने गरि विधेयक बनाउन उनले केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

उनले सांसदहरुका लागि सञ्चलित जानकारीमुलक कार्यक्रम सरकारको बार्षिक बजेट र कार्यक्रम अन्र्तगत नै भएको भन्दै त्यसबारे विभिन्न दात्तृ निकायसंग जोडेर टिप्पणी नगर्न सबैलाई सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);